• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

गैरकानूनी रूपमा २४ प्रकारका कस्मेटिक सामान उत्पादन गर्ने  मेसिन सहित काठमाडौँ  ढुङ्गेअड्डाका चेतन गोयल पक्राउ

गैरकानूनी रूपमा २४ प्रकारका कस्मेटिक सामान उत्पादन गर्ने  मेसिन सहित काठमाडौँ  ढुङ्गेअड्डाका चेतन गोयल पक्राउ

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार १३:०० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 146
    SHARES
  • काठमाडौँ २५ चैत । गैरकानुनी रुपमा कस्मेटिक सामान उत्पादन गर्ने  एक व्यक्ति पक्राउ परेका छन् । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार सामानसहित  पक्राउ  गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको ढुङ्गेअड्डा बस्ने चेतन गोयललाई  रहेको प्रहरीले जनाएको  छ । 

    कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि  प्रहरीले  यस विषयमा   अनुशन्धान  सुरु  गरेको  हो ।  २४ प्रकारका कस्मेटिक सामान र सामान बनाउन प्रयोग हुने चार वटा मेसिनसहित उद्योग सिल गरेको छ । भने ,  सामान ओसारपसार गर्न प्रयोग भएको बा १९ च ८०५३ नम्बरको भ्यान र सो भित्र रहेको आठ बोरा सामान पनि नियन्त्रणमा लिइएको प्रहरीले    जनाएको  छ  ।  

     दुई वर्षअघि पनि  गोयललाई  पक्राउ गरी कारवाही गरिएको मा फेरि गुणस्तरहीन  सामान विक्रि वितरण गरी पाइएकोमा   गोयल पुन पक्राउ परेका हुन्  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहीको संयुक्त टोलीले गोयलको कस्मेटिक उद्योगमा खानतलासी गर्दा विसं २०७३ सालमा उच्च अदालत पाटनको निर्णयबमोजिम खारेज भइसकेको ट्रेडमार्क प्रयोग गरी कस्मेटिक सामान अनधिकृतरूपमा उत्पादन भएको पाइएको हो ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com