काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर परिवारका साथै आफ्नो काममा पनि व्यस्त छिन्। करीना कामबाट समय पाएसँगै आफ्नो छोरा तैमूरसँग समय बिताइरहेको देखिन्छन्। कुनै स्टारको छोराछोरी हुनुले कत्तिको अर्थ राख्छ भन्ने विषयमा जानकारीका लागि सैफ अली खान र करिना कपुरका छोरा तैमूरलाई हेर्दा हुन्छ । उनको लवाइ खुवाइदेखि चालढाल लगायतका विषयहरु निकै चासोका साथ हेर्न थालिएको छ । तैमूरसँगै उसको स्यहार गर्ने महिला पनि अक्सर देख्न सकिन्छ ।
यस्तोमा खासै धेरै चर्चामा नआएको विषय हो – तैमूरको स्याहार गर्ने महिलाको सुविधाहरु । धेरै संचारमाध्यमहरुमा करीनाले तैमूरको नैनीलाई डेढ लाख रूपैयाँ मासिक तलब दिन्छन् भनेर दाबी गरिएको थियो। एक अन्तरवार्तामा करीनाले तैमूरको सुसारेको तलबको प्रश्नमा भनेकी छन् – ‘ के साँच्चैरु तर म यसको बारेमा कुरा गर्न चाहन्न ।’ २०१९ मा, करीना अरबाज खानको शो पिन्चमा करीनाले ‘तपाईको बच्चालाई खुशी र सुरक्षित राख्नको कुनै मूल्य छैन ‘ भनेकी थिइन् ।
तैमूरको हेरचाहका लागि राखिएको स्याहार गर्ने महिलाको नाम सावित्री हो । तैमूरको हेरचाहका लागि राखिएकी उनी धेरैजसो तैमूरको साथमा देखिन्छन् । सेतो ड्रेस र चस्मा लगाएर उनलाई तैमूरको हरेक सानाठूला चिजहरुको ध्यान दिनुपर्ने जिम्मेवारी रहेको छ । उनले तैमूरलाई आमाको कमी हुन दिएकी छैनन्। करिना कपुर विभिन्न फिल्मको काममा व्यस्त हुने गरेकोले उनको जिम्मेवारी उनले पूरा गर्ने गरेकी छिन् ।
स्याहार गर्ने महिलालाई नैनी भनेर बोलाइने गरिन्छ। नैनीले आईएएस र आईपीएसभन्दा पनि बढी तलब लिने गर्छिन्। उनको तलब सुन्दा एमबीए र आईटी प्रोफेसनल्सको पनि होस उड्ने गर्छ। सावित्रीको तलब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बराबर रहेको छ ।
समाचारमा बताइए अनुसार तैमूरको एक महिनाको तलब एक लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ । यदि केही कारणवस थप केही काम गर्न परेको खण्डमा यो रकम बढेर एक लाख ७५ हजारसम्म पुग्ने गरेको छ। यसका साथै उनलाई एक कार पनि दिइएको छ, जसमा राखेर उनले तैमूरलाई कतै बाहिर घुमाउन सकुन् । यदि सैफ अली खान र करिना खान कतै विदेश भ्रमणमा जाँदा नैनी पनि तैमूरसँगै जाने गरेकी छिन्।छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि फेरि करिनाले दोस्रो छोरालाई जन्म दिएकी छिन् ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology