काठमाडौं, २२ चैत- चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय सन्दिप कौशललाई शनिबार विहान प्रहरीले प क्रा उ गरेको छ ।
तुल्सीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१ - ००६ ख ०९१२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यात्रु हिड्ने प्यासेजमा कार्टुनभित्र १ हजार दरका नोट ३ हजार ९ सय थान र ५ सय दरका नोट ८ सय थान समेत गरी उक्त रुपैयाँ र छड्के तिलहरिको पोते माला ९ थान फेला पारी थप अनुसन्धान गर्ने क्रममा उक्त नगद सन्दिपको भन्ने खुलेको र उक्त रकम दाङबाट भाइले पठाएको हो भन्दै लिन आएको अवस्थामा उनलाई प क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology