एजेन्सी । चोरहरु संसारभर हुन्छन् । जसले केही काम नै नगरी लखर लखर डुलेर आँखा छलेर आफ्नो गुजारा चलाउन पाइरहेको ब्यक्तिले किन गरोस् दुख ? किन लिओस् अरु तनाव ? आज हामी यस्तै एक ब्यक्तिको कुरा गर्दैछौँ । खबर हो थाइल्याण्डको । जहाँ चोर चोरीको मनसायले घरभित्र पस्यो, त्यहाँ एसी कोठाको वातावरण निकै रमणीय देखेपछि उसले घरमालिकको छोरीको कोठामा पुग्यो र एसी अन गरेर मस्तसँग सुत्यो ।
आनन्द मान्दै निदायो पनि । घर मालिकको छोरीको विस्तारामा सुतेको युवकले पत्तै पाएन । मध्यरातमा घर भित्र प्रवेश गरेको २२ वर्षको चोरलाई देखेपछि घरमालिक दंग परे । तर उनकी छोरी मध्यरातमा कोठामा थिइनन् । तत्कालै उनले प्रहरीलाई खबर गरे । यहाँ रोचक खबर त के छ भने जुन घरमा चोर पस्यो ति मानिस नै आँफैमा प्रहरी अधिकारी भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ । चोरले त्यस घरबाट धेरै बहुमूल्य चीजहरू पनि चोरेको तत्कालै थाहा लाग्यो । निद्राले २२ वर्षे चोरलाई समस्यामा पार्यो र र ऊ समातियो ।
यो पनि पढ्नुहोस् : आज लोकप्रिय नायक अनमोल केसीको जन्मदिन, एकाबिहानै मन्दिर गएर भगवान्को दर्शन गरेर मागे आर्शीवाद
काठमाडौँ । लोकप्रिय नायक अनमोल केसीको आज जन्मदिन हो । होस्टेल ड्रिम्स, कृ, काजल, ए मेरो हजुरका सफल सिरिज खेलेका ह्याण्डस हिरो अनमोल केसी आजबाट २७ वर्षमा लागेका छन् । वि।सं २०५० साल चैत्र १७ गते जन्मिएका अनमोलले एकपछि अर्को गर्दै सफल फिल्म दिँदै गएका कारण नै उनले मेघा स्टार जस्तो उपनामले समेत सम्मानित हुँदै आएका छन् ।
अघिल्ला वर्षहरुमा धुमधामले आफ्नो जन्मदिन मनाउँदै आएका अनमोलले यो वष भने जन्मदिनमा खास कार्यक्रम केही पनि नभएको बताए । उनले भने जन्मदिनको अवसरमा मन्दिरमा गएर पूजा गरे । हाल चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा ब्यस्त अनमोललाई जन्मदिनको लाखौँ लाख शुभकामना ।
यो पनि पढ्नुहोस् : फुङ्लिङ तुवालोले अध्यारो भयो
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपातभएसँगै ताप्लेजुङको सदरमुकाम आज बिहानदेखि तुवालोले अध्यारो बनाएको छ । हिमाली बस्ती घुन्सामा तीन दिनदेखि हिमपात भएको स्थानीय पेमा शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “तीन दिन भयो हिउँ पर्दै रोक्दै गरेको । आज पछि हिउँ पर्दै छ ।” हिउँ परेपछि चिसोका कारणले जनजीवनसँगै पशु चौपाय प्रत्यक्ष प्रभावित हुन पुगेको उहाँले बताउनुभयो । घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइँमा अवस्थीत एक पर्यटकीय क्षेत्र हो ।
फक्ताङलुङ–७ ओलाङ्गोलमा भने हिउँ नपेर पनि तीन दिनदेखि गाउँ नै अध्यारो भएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले त जङ्गलमा आगलागी भएछ, भनेर तलसम्म झरेर हेर्यो । आगलागी भएको हैन् रहेछ । ” ओलाङचुङगोलामा तुवालो तीन दिनदेखि गाउँ नै अध्याँरो बनाएको तेन्जिङ वालुङले जानकारी दिनुभयो ।
त्यस्तै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आज बिहान नैदेखि तुवालोले पुरै बजार अध्याँरो भएको छ । तुवालोका कारणले प्रत्यक्ष स्वास्थ्यमा प्रभाव पर्ने जनाउँदै सरकारको आइतवारको चार दिन विद्यालय विदा दिने निर्णय गरेसँगै आजदेखि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द भएका छन् ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology