नेपालमा साइकल चढ्न पर्छ भन्ने जनमत बढ्दै गइरहेको छ । आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्नको साथै वातावरणीय प्रदुषण नियन्त्रणको लागि पनि जानकारहरुले साइकलको प्रयोग गर्न सुझाउँदै आएका छन् ।
त्यसोत नेपाल आफैँमा साइकलका पारखीको लागि पनि महत्वपुर्ण गनतव्य हो । विश्वका धेरै देशबाट पर्यटकहरु साइकल चलाउनकै लागि नेपाल आउने गरेका छन् । अन्य प्रयोजनका लागि नेपाल आएका पर्यटक पनि सकेसम्म साइकलमा घुम्न चाहन्छन् ।
साइकल चलाउँदा आफ्नो स्वास्थ्य पनि ठिक हुने चिकित्सकहरुको भनाइ छ । नियमित रुपमा साइकल चलाउने मान्छे अन्य आम मान्छे भन्दा बढी स्वस्थ रहने उनिहरु बताउछन् । जसका कारण पछिल्लो समय नेपालमा पनि साइकल प्रतिको लोकप्रियता बढ्दै गएको छ ।
नेपालमा अहिले निकै स्तरीय साइकलहरु पाइने साइकल बिक्रेताहरु बताउछन् । क्युब नाम गरेको जर्मनी ब्राण्डको साइकल नेपाल भित्रिएको छ । यो साइकलको मुल्य पाँच लाख ८० हजार पर्ने एलसीसी ब्रोदर्सले जानकारी दिएको छ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology