• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नवीन्द्रराजकी १३ वर्षकी छोरीले अन्तिम पटक बिदाई गर्दै आइ लभ यु बाबा, गुडबाई  भन्दा रोए गगन थापा

नवीन्द्रराजकी १३ वर्षकी छोरीले अन्तिम पटक बिदाई गर्दै आइ लभ यु बाबा, गुडबाई  भन्दा रोए गगन थापा

  • ओएसनेपाल
  • चैत्र १४, २०७७ शनिवार २०:२१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 66.1K
    SHARES
  • काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको शनिबार ६ बजे आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । बेलुका चार बजेपछि मात्र अन्त्येष्टिका लागि जोशीको शव काँग्रेस पार्टीकार्यालयबाट आर्यघाट लगियो ।

    गुटैगुटले भरिएको काँग्रेसको पार्टी कार्यालयमा गुटगुटका नेताहरुले भरिएको थियो । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले ५९ वर्षको उमेरमा जीवनलीला त्यागेपछि उनकी १३ वर्षकी छोरी विक्षिप्त अवस्थामा पार्टी कार्यालय पुगीन् ।

    जहाँ उनका बाबुको पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको स्थानमा बसीरहेकमा थिए । उनीहरु संहालिन सक्ने अवस्थामा थिएनन् । नेता जोशीकी १३ वर्षीया नीरिती स्वर्गीय जोशीकी एक्ली सन्तान हुन् ।  १३ वर्षमा नै आफ्ना बाबुलाई बिदाई गर्न लागिपरेकी  १३ वर्षीया नीरितीले भक्कानिँदै भनिन्  ‘आई लभ यु बाबा, गुड बाई... १  यो शब्द सुनेर गगन थापा, प्रकाशमान सिंह, लगायतका नेताहरु शोकसभामा नै भक्कानिए ।

    पार्टी कार्यालयमा पार्टीको झण्डा ओडाएका सभापति देउवा आर्यघाटमा देखिएनन् । महामन्त्री शशांक कोइराला लगायतका नेताहरु आर्यघाट पुगे । पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने आर्यघाटमा देखिएनन् । उपत्यका बाहिर रहेका नेता पौडेल मौसमको खराबीका कारण काठमाडौं आउन नसकेको बताइएको छ । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com