• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

गौरी मल्लसँग जोडी बाध्दै चर्चित अभिनेता शिव श्रेष्ठ, जोडी बाध्न पाँउदा छन् खुशीले फुरुगं

गौरी मल्लसँग जोडी बाध्दै चर्चित अभिनेता शिव श्रेष्ठ, जोडी बाध्न पाँउदा छन् खुशीले फुरुगं

  • ओएसनेपाल
  • चैत्र १४, २०७७ शनिवार ११:१५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ४ मिनेट
  • 11.1K
    SHARES
  • काठमाडौं- नायक शिव श्रेष्ठ र नायिका गौरी मल्ल एक साथ देखिने भएको छन् । यो जोडीलाई २० वर्ष पछि पर्दामा एक साथ देख्न पाइने भएपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘डाँडाको बर पीपल’ मा एक साथ काम गर्न लागेका हुन् । यस अघि यो जोडीले । फिल्म ‘धर्मसंकट’मा काम गरेका थिए ।

    ttt.jpg

    दुई दशकपछि सँगै काम गर्न पाएकोमा दुवैले खुसी व्यक्त गरेका छन् ।फिल्ममा उनीहरुको छोराको भूमिकामा सलोन बस्नेत, राजीवजंग बस्नेत र यशराज गराचले अभिनय गर्दैछन् । छोरा र आमा( बुबाबीचको सम्बन्धको कथा वाचन गर्ने फिल्म बुढा सुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको हो । ल्मका लागि नायिकाको भने टुंगो  लागिनसकेको बताइएको छ । 

    i.png

    फिल्म काठमाडौं, कालाबाङ, शे९फोक्सुन्डो ताल र पूर्वका विभिन्न स्थानमा खिचिनेछ । फिल्ममा सलोन विकट गाउँको एक गोठालोको भूमिकामा देखिने छन् ।  फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत छ ।

    gar.jpeg

    यो पनि पढ्नुहोस्: नेपाली गीत प्राणभन्दा प्यारो माइतीघर’की भारतीय चर्चित गायिका आशा भोसलेलका फ्यानका लागि आयो खुशीको खबर मुम्बई । भारतीय गायिका आशा भोसलेलाई महाराष्ट्र सरकारले महाराष्ट्रको सर्वोच्च पुरस्कार ‘महाराष्ट्र भूषण’ अवार्डबाट सम्मान गर्ने भएको छ । भोसलेले ट्विटरमार्फत आफू महाराष्ट्र भूषण अवार्डबाट सम्मानित हुन लागको कुरा जानकारी दिएकी हुन् । महाराष्ट्रका मुख्यमंत्री उद्धव ठाकरेको नेतृत्वमा रहेको समितिले २०२० को पुरस्कार भोसलेलाई दिने निर्णय गरेको हो।

    सन् १९४४ मा मराठी फिल्ममा गीत गाएर सांगीतिक करियर सुरु गरेकी भोसलेले धेरै भाषाहरूमा गीतहरू गाइसकेकी छिन्। उनले दुई पटक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरिसकेकी छिन्। यसबाहेक ६ पटक फिल्म फेयर अवार्ड पनि हात पारिसकेकी छिन्।सौर्य दैनिकमा खबर छ । 

    भोसलेले नेपाली फिल्मका मात्रै पाँच दर्जन बढी गीत गाएकी छन् । उनले गाएका ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, गैर्‍हीखेतको शसरै हान्यो’, ‘एउटा मान्छे मनपर्छ’, ‘म प्यार बेचिदिन्छु’ देखि ‘मोहनी लाग्ला है’ गीत सदावहार छन् ।

    यो पनि पढ्नुहोस् :सावधानीपूर्वक यात्रा गर्न आग्रह-ब्रावलभीर पाखामा डढेलो लागी ढुङ्गा झर्ने सम्भावना बढेकाले   स्याफ्रुबेँसी – हाकु अन्तरराष्ट्रिय राजमार्गमा हिँड्ने व्यक्तिलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ । बिहीबार बिहान लाङ्टाङ राष्ट्रिय निकुञ्जमा लागेको डढेलोले जङ्गलका बुट्यान नोक्सान गरेको र  ढुङ्गा झर्न सक्ने सम्भावनालाई  ध्यानमा राखी त्रिशूली  किनारमा रहेको राजमार्गमा सकभर पैदलयात्रा नगर्न भनिएको छ ।  यदि यात्रा गर्नैपर्ने अवस्था आए हो पु¥याई  हिँडडुल गर्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।

     डढेलो प्रभावित क्षेत्र ठाडो पाखाबाट  हावाहुरी वा वर्षात्का समयमा  झर्न सक्ने ससाना ढुङ्गा खसी नोक्सान पुग्न सक्ने सम्भावना बढेकाले सडक मार्गमा हिँड्दा होशियार हुन जरूरी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले विश्लेषण गरेको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ स्थित धुञ्चे गाउँको तटीय क्षेत्रमा अचानक लागेको डढेलो करीब ९० प्रतिशत नियन्त्रणमा आएको छ ।   लडेका रूख बलिरहेको र अन्य स्थानको आगो प्रायः नियन्त्रणमा आइसकेको  लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
        
     डढेलो नियन्त्रणका लागि निकुञ्जमा सुरक्षार्थ तैनाथ  नेपाली सेना विष्णुदल गण, सशस्त्र प्रहरी  बल, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीय बासिन्दा अहोरात्र खटेको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले बताउनुभयो ।

    त्यस्तै यो पनि पढ्नुहोस्:मादीमा एकैदिन दुई झोलुङ्गे पुल उद्घाटन-जिल्लाको पूर्वी भागमा अवस्थित मादी गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण गरिएका छन् । गाउँपालिकाको वडा नं ३ र ११ जोड्ने गरी इदीखोला ओल्मा झोलुङ्गे पुल तथा वडा नं ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला झोलुङ्गे पुलको शुक्रबार गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ ९श्याम० ले उद्घाटन गर्नुभयो ।

    इदीखोला ओल्मा पुलले दुई वडा जोड्ने भएकाले पुल बनेसँगै दुवै वडाका स्थानीयवासी उत्साहित बनेका छन् । पुलले वारपार गर्न सहज बनेको र समयको बचत भएको बताइन्छ । पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय झोलुङ्गे पुल निर्माण भएपछि हर्षित भएको सोही वडाध्यक्ष मित्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।

    झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट आयोजना स्वीकृत भई गाउँपालिकाबाट  निर्माण गरिएको हो । इदीखोला ओल्मा झोलुङ्गे पुल जनश्रमदानसहित कूल रु ३८ लाख ४९ हजार ६९७ र बुम्लेखोला झोलेङ्गे पुल जनश्रमदानसहित रु ३६ लाख ९५ हजार ८०८ लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष गुरुङले गाउँका जनताको पीर, मर्का बुझ्ने, दुःखमा साथ दिने गरी जनताको घरदैलोको सरकार अघि बढेको बताउनुभयो ।

    जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक, मोटरेवल पुल, झोलुङ्गे पुल, वडा कार्यालय भवनलगायतका पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर आफूहरुले काम गरिरहेको उहाँको भनाइ छ । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com