• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

कञ्चनको निधनसँगै चितवनबाट उठ्यो उनको परिवारकै बास

कञ्चनको निधनसँगै चितवनबाट उठ्यो उनको परिवारकै बास

  • ओएसनेपाल
  • चैत्र १२, २०७७ बिहिवार १९:२८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 10.4K
    SHARES
  • काठमाडौ । कञ्चनको नि धन भएको तीन साता वितिसकेको छ । प्रेममा पाएको धोकाले उनी संसारवाटै विदा भए । दुई महिना बढीको उपचारले पनि कञ्चनलाई बचाउन सकेन । उनले गाउँकै एक युवतीलाई माया गरेका थिए । कञ्चन तिमिल्सेनाले चितवनवाट आफुले माया गरेकी युवतीलाई विवाह गरेर आमा बस्दै आएको कोठा काठमाडौमा लिएर गएका थिए । आमाकै अगाडी उनले युवतीसंग विवाह गरेका थिए ।

    तर युवतीका माइतीले उनीहरुको विवाह स्वीकार गरेनन् । जसका कारण कञ्चनले वि ष से वन गरे । अस्पतालमा उपचारकै क्रममा कञ्चन दुई महिना पछि संसार छोडे । कञ्चनको आमाको माग छ, कञ्चनको श्रीमती बनेकी युवतीले धार्मीक संस्कार अनुसार किरिया र अन्तिम संस्कार गरुन् । तर युवतीले त्यो चाहना पुरा गरिदिइनन् । उनी कञ्चनको अन्तिम विदाईमा पनि सहभागी भइनन् ।

    हिन्दु धार्मीक संस्कार अनुसार श्रीमतीले गर्नुपर्ने संस्कार पनि पुरा नगरेको कञ्चनको आमाको भनाई छ । उनीहरुले युवतीको परिवारका कारण कञ्चनले यस्तो कदम उठाएको भन्दै युवतीको परिवारलाई कारवाहीको माग गरेको छ । कञ्चनको निधन पछि पनि केही दिन उनीहरुले आफुहरुको माग पुरा नहुँदा सम्म शव नउठाउने बताएका थिए । जसका कारण तीन दिन सम्म कञ्चनको शव युवतीकै घरमा राखिएको थियो ।

    स्थानिय तहका प्रतिनिधि र प्रहरीले कञ्चनको अन्त्यष्टि पछि पनि कारवाही प्रकृया अघि बढाउन सकिने कुरा बताएपछि शव उठाइएको थियो । अहिले आफुहरुको माग पुरा नभएको भन्दै कञ्चनको परिवार राष्ट्रिय मानव अधिकार आयोग लगायतका स्थानमा न्यायको माग राख्दै निवेदन दिन काठमाडौ हिडेको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com