• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

प्रदेश १ मा एकैदिन १३ जनामा कोरोना संक्रमित फेला परेपछि फैलियो त्रा स

प्रदेश १ मा एकैदिन १३ जनामा कोरोना संक्रमित फेला परेपछि फैलियो त्रा स

  • ओएसनेपाल
  • चैत्र १२, २०७७ बिहिवार ०८:०५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 220
    SHARES
  • काठमाडौं । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा सं क्रमण देखिएको छ ।

    प्रदेशका विभिन्न प्रयोगशालामा ३ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ७ पुरुष र ६ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।प्रदेशमा पछिल्लो समयमा कोरोना संक्र मितको संख्या शुन्यमा झरेको थियो । तर, भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगैं संक्र मितको संख्या नेपालमा पनि बढ्न थालेको हो ।

    प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ जसमा ३० हजार ३ सय ७ जनामा कोरोना सं क्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २९ हजार ७ सय ९७ जना डिस्चार्ज भएका छन् ।

    अहिले ४४ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमण देखिएकामध्ये ४ सय ६६ जनाको मृत्यु भएको छ । प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८ सय ५३ लाई लगाइएको मन्त्रालयले जनाएको छ । समाचारपत्रमा खबर छ । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com