• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

मुक्तक मञ्च पोखराले आफ्नो शाखा विस्तार गर्ने 

मुक्तक मञ्च पोखराले आफ्नो शाखा विस्तार गर्ने 

  • ओएसनेपाल
  • चैत्र १, २०७७ आइतवार १४:४१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 249
    SHARES
  • पोखरा- मुक्तक मञ्च,पोखराको विषेश साधरण सभा तथा विषेश मुक्तक वाचन  शनिवार पोखरामा सम्पन्न भएको छ । मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मुल नाराका साथ २०६५ सालमा स्थापना भएको मञ्चले १५३ औँ मुक्तक वाचनमा पोख्रेलीसाहित्यकारहरुको विचमा मुक्तककारद्धय कपिल शर्मा र उदिपराज ढुङ्गाना उभायो ।  विषेश मुक्तक वाचक शर्मा र ढुङ्गानालेसमसामयि विषय बस्तुमाथी ब्याङ्ग प्रहार गरिएका, राष्ट्रप्रेमले भरिएका र रोमान्टिक गरि दुई दर्जन बढि मुक्तक सुनाए ।

    छ दर्जन साहित्यकारहरुको उपस्थितीमा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य तथा साहित्कार सरस्वती श्रेष्ठ सरु, सल्लाहकार दीपक समिपर अल्पविराले पनि मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा  सल्लाहकार लक्ष्मण थापा ,परिवर्तन ,मन क्षत्री र विपिन आचार्य, साहित्यिकार इश्वरमणी अधिकारी, डा. भुमिराज वास्तकोटी ,कृष्ण मरासिनी ,बिर्सना बस्नेत, शिवदत्त रेग्मी तथा साहित्य श्रृङ्खलाअध्यक्ष लोकनाथ पुडासैनी, दीपशिखा साहित्य सङ्गम ,आलोक साहित्य ,प्रगतिशील वाङ्मय प्रतिष्ठानका प्रतिनिधिको सहभागितारहेको थियो । 

    यसै विच मञ्चको विधान संसोधनार्थ विषेश साधरण सभा सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यले नेपालीसाहित्यको चर्चित विधा मुक्तक भएको भन्दै यसको उत्थान र विकासको लागि पाठ्यक्रममा मुक्तक अभियान संचालन गरिएको बताए ।आचार्यले विशेष साधारण सभामा जिल्ला जिल्लामा मञ्चको शाखा विस्तार गर्ने प्रस्ताव गरेकोमा पुर्ण बहुमतले पारित गरेको सह सचिवहिरा अधिकारीले जानकारी दिईन् । 

    अब मुक्तक मञ्चले देशभरी शाखा विस्तार गर्न पाउने भएको छ । मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षता, कोषाध्यक्षकेआर ढकालको स्वागत मन्तव्य र लेखक तथा पत्रकार प्रकाश अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com