• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

जबसम्म पद्धतिलाई पैसाले किनिन्छ तसबसम्म नेपाली कामदारहरुको हक हितको लागि काम गर्न सकिदैंन : महानिर्देशक दाहाल

जबसम्म पद्धतिलाई पैसाले किनिन्छ तसबसम्म नेपाली कामदारहरुको हक हितको लागि काम गर्न सकिदैंन : महानिर्देशक दाहाल

  • ओएसनेपाल
  • फाल्गुण २५, २०७७ मंगलवार १६:४८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ४ मिनेट
  • 335
    SHARES
  • काठमाडौं २५ फागुन ।  वैदेशिक रोजगार विभागका  महानिर्देशक   कुमार दाहालले विदेशमा  रहेका   नेपाली कामदारहरुको हक हितको लागि   वैदेशिक रोजगार विभागले मात्र एकपक्षिय ढंगले  काम गरेर सुधार नहुने बताएका  छन् ।   महानिर्देशक   दाहालले   ओएस नेपालको  अन्तराष्ट्रिय डिसकोर्स कार्यक्रममा  पत्रकार   एच बी ताम्रकारसँगको  कुराकानीमा  यस्तो अभिव्यतिm दिएका  हुन्  ।     देश विदेशमा  रहेका एक  समुह   (दलाल तथा   दवाव) लाई जबसम्म  निष्क्रिय पार्न सकिदैन तब सम्म   वैदेशिक कामको लागि विदेश पुगेका नेपाली  युवावर्गलाई संरक्षण गर्न नसकिने महानिर्देशक   दाहालको धारणा रहेको छ  ।

     यस्ता इन्ट्रेस ग्रुपलाई हटाउन सरकार पक्षबाट नै एउटा उद्देश्यका साथ लागि पर्नुपर्ने बताएका    छन् ।   कार्यक्रममा  पत्रकार  ताम्राकारले सरकारी तथा मन्त्रीहरुबाट  सहयोग छ कि छैन भनेर प्रश्न गर्दा  दाहाल भन्छन्,   'हरेक विभाग आ आफ्नै   नियम कानुनमा चलेको हुन्छ ,  त्यहि निति नियम अनुसार  निर्देशित भएर  काम गर्ने हो ।  तसर्थ हामीलाई  मन्त्रीस्तरबाट सहयोग   भएको छ'  ।  जससम्म यस्ता दवाव  समुह  देश तथा विदेशमा रहन्छन् यसले  देशको  अन्य सेक्टरमा समेत  असर गर्ने दाहालको  भनाई रहेको  छ ।  कार्यक्रममा  उनले भने , 'एक वर्षको यो समयमा  कोरोनाले गर्दा जम्मा    चार पाँच महिना मात्र काम गर्न सक्यो, जसमा हामीले  व्यक्तिगत रुपमा  नौ दश करोड  क्षतिपुर्ति दियौ भन,े  संस्थागत रुपमा  सात  आठ करोड  क्षतिपुर्ति दियौं । अर्को तर्फ    नेपालमा  एक काम भनी  पठाई  विदेशमा अर्कौ काम गर्न बाध्य पार्ने  १००   जना जति   त्यस्ता  दलालहरुलाई पक्राउ पुर्जी जारी   गरेऔं' ।

    कार्यक्रममा दाहाले आफुले  व्यक्तिगत रुपमा पनि यस्तो  गुनासो  सुन्दै गरेको भन्दै  प्रहरी प्रशासनले समेत   आफुलाई सहयोग गरेको  बताएका    छन् ।   व्यक्तिगत रुपमा कुनै पनि सामाजिक सञ्जालको माध्यमबाट   आफुलाई गुनासो गर्न सकिने पनि बताएका   छन् ।  पत्रकार  ताम्राकारले   यदि  ओएस  नेपालको टेबलमा  यस्तो समस्या आयो भने   हामीलाई सहयोग गर्न सक्नुहुन्छ  भन्ने प्रश्नमा   दाहालले भने , 'अवश्य पनि  यसको लागि  तपाईहरु जस्तोको आवश्यक रहेको छ  ।  जति बेला पनि  सहयोग गर्न तयार छौं' ।   जुन देशसँग सम्बन्धि छ यही देशको  दुतावाससँग समम्पर्क गरी   उद्धार गर्ने बताएका   दाहालले   यसको सुधार गर्न  हरेक देशको  दुतावासको सिस्टम  , पद्धति  सुधार गर्नुपर्ने  पनि बताएका छन् ।   यस्ता दवाव समुहलाई नियन्त्रण  गर्न   हाम्रो देशमा कुनै  निति नियम र   पिडित त्यस्ता  व्यक्तिको गुनासो  सुन्ने   नभएकाले   बाध्यताले गर्दा   कर्यौ  नेपाली   कामदारहरुले आत्महत्या समेत गरेको  यथार्थ    दाहालले बताए   ।

     यो पनि पढ्नुहोस्:खोटाङमा पाँच युवाको लगानीमा काष्ठ तथा कागज उद्योग सञ्चालन
    खोटाङ, २५ फागुन- खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन् ।

    पाँच जनाको रु पाँच÷पाँच लाखको शेयर लगानीमा विसं २०७६ मा स्थापना गरिएको उद्योगबाट अहिले फर्निचरका सामग्री उत्पादन एवं बिक्री वितरण भइरहेको छ । नेपाली कागज उत्पादनको काम भने अन्तिम चरणमा पुगेको लगानीकर्तामध्येका रविनकुमार राईले बताउनुभएको छ । स्थानीय वन÷जङ्गलमा भएका कच्चा सामग्रीलाई उपयोग गर्दै आम्दानीको स्रोत बनाउने र गाउँमै ‘केही गर्न सकिन्छ’ भन्ने उदाहरण देखाएर युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्न सामूहिक लगानीमा उद्योग स्थापना गरिएको जनाइएको छ । काष्ठ उद्योगबाट हाल कुर्सी, टेबल, दराज, सोफालगायतका फर्निचरका सामग्री उत्पादन तथा बिक्री वितरण भइरहेको जनाइएको छ ।

    विशेषगरी अर्डर आएअनुसारको फर्निचरका सामग्री तयार पार्ने गरिएको उद्योगका सञ्चालकले बताएका छन् । नेपाली कागज उद्योगबाट हाते तथा कम्प्युटरमा प्रयोग हुने फोटोकपी पेपर उत्पादनको तयारी गरिएको छ । नेपाली कागज उत्पादन गर्न अहिले अर्घेली, सेतबरुवा, सिक्रे र पात्लेवहीको बोक्रा सङ्कलनको काम भइरहेको जनाइएको छ । लगानीकर्तामध्ये रामकुमार कार्कीका बुबा कृष्णबहादुर कार्कीले विसं २०३४ मा स्थापना गरेकै कागज उद्योगलाई सामूहिकरूपमा सञ्चालनमा ल्याइएको हो ।उद्योग सञ्चालकले काष्ठ तथा नेपाली कागज उत्पादनसँगै कुटानी पिसानी मिल पनि सञ्चालन गरेका छन् ।

    माछा र हाँसपालनका लागि उद्योग नजिकै तीनवटा पोखरीसमेत निर्माण गरिएको रामकुमार कार्कीले जानकारी दिनुभयो । “पोखरीमा हाल्नका लागि हाँसका बच्चा ल्याइसकिएको छ”, उहाँले भन्नुभयो, “ उद्योगसँगै तरकारी खेती पनि गर्ने लक्ष्य राखिएको छ ।” रामकुमारले वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा सात वर्ष बिताउनुभएको थियो । मलेशिया बसाइका क्रममा सिकेको सीपलाई उहाँले गाउँमा स्थापना गरिएको उद्योगमा उपयोग गरिरहनुभएको छ । यस्तै पाँच वर्ष कोरिया बसेका कप्दान पनि ‘आफ्नै थातथलोमा केही गरौँ’ भन्ने लक्ष्यका साथ उद्योग स्थापनामा सामेल हुनुभएको छ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश युवाले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर फर्किएपछि आफ्नै गाउँमा स्वरोजगारमूलक व्यवसाय शुरु गरेका छन् । 

    यसैबीच खोटेहाङ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरेको छ । समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरेको हो । दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित दलित लक्षित कार्यक्रमअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो । चालु आवमा लिच्कीराम्चेसहित वडा नं ३ सावाकटहरे र वडा नं ४ बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।  

    ‘दलितसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत तीनवटै वडाका दलित समुदायलाई स्वास्थ्य, शिक्षा तथा व्यवसाय छनोट, दर्ता र सञ्चालनलगायतका विषयमा जानकारी दिइने छ । यस्तै दलित परिवारको आर्थिक आयआर्जनमा टेवा पु¥याउने लक्ष्यअनुसार १५ उद्यमीलाई उत्पादन सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम छ । यसबाहेक वडास्तरीय दलित सञ्जाल गठन, दलित र गैरदलितबीच सहभोजलगायतका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । लिच्कीराम्चेमा आइतबार आयोजित दलितसँग गाउँपालिकासम्बन्धी अभिमुखीकरण गोष्ठी गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com