काठमाडौँ १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष नेता कमल थापाले संसदमा विचाराधिन रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी गरिएको प्रति भत्सर्ना गरेको छ । नेता थापाले ट्वटिर मार्पत यसको विरोध गरेका हुन् । आफ्नो सरकार टिकाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समुहको माग सम्बोधन गर्दै ओलीको सिफारिसमा राष्ट्रपतिले नागरिकता सम्बन्धि अध्यादेशको जारी गरेकी हुन् ।
सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जारी गरेको अध्यादेश प्रति भत्सर्ना गर्दछ नेता थापाले भनेका छन् । थापाले जारी गरिएको अध्यादेश राष्ट्रिय हित विपरित र आपत्तिजन भएकाले तत्काल फिर्ता लिन समेत माग गरेका छन् ।
थापाको ट्वीट: ‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’