नेपाली कांग्रेस पछि नेकपा एमालेले पनि गर्यो प्रदेश १ को बैठक रोक्न माग — OSNepal

नेपाली कांग्रेस पछि नेकपा एमालेले पनि गर्यो प्रदेश १ को बैठक रोक्न माग

LC (KTM) October 24, 2021 0

काठमाडौं ७ कात्तिक । नेपाली कांग्रेस पछि नेकपा एमालेले पनि प्रदेश १को प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ ।

प्रमुख सचेतक वुद्धि कुमारी राजभण्डारी एक विज्ञप्ती नै जारी गरेर प्रदेश सचिवालयलाई बैठक स्थगित गर्न माग गरेका हुन् ।

आज प्रदेश मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यक्रम रहेको थियो । एमालेले भने कात्तिक १५ गते सम्म बैठक स्थगित गर्न माग गरेको छ ।

यता, कांग्रेसले भने प्रदेशका कांग्रेस र नेकपा एकिकृत समाजवादीका सांसदले फ्रलोर क्रस गर्ने सुचना आएको तथा पार्टीको आन्तरिक कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेका हुन् ।

यता, एमालेले भने पार्टीको अधिवेशनको कारण देखाउँदै प्रदेश सभामुख समक्ष बैठक स्थगित गर्न माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर