गठवन्धन भित्रै फ्लोर क्रस गर्ने सूचना आएपछि प्रदेश १ मा झड्का, बैठक रोक्न कांग्रेसको माग — OSNepal

गठवन्धन भित्रै फ्लोर क्रस गर्ने सूचना आएपछि प्रदेश १ मा झड्का, बैठक रोक्न कांग्रेसको माग

LC (KTM) October 24, 2021 0

काठमाडौं ७ कात्तिक । मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने कार्यसुची रहेकोमा नेपाली कांग्रेसले भने प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र बाढी पिडितको प्रभावित प्रदेश १ मा आउने भएकाले आजको बैठक स्थगित गर्न कांग्रेसले माग गरेको हो । साथै पार्टीभित्र पनि छलफल गर्नुपर्ने कांग्रेसले जनाएको छ ।

प्रमुख सचेतक केदार कार्कीले दिएको जानकारी अनुसार कतिपय सांसद सभापतिको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले प्रदेशसभा सचिवालयसमक्ष लिखित माग गरिएको जनाएका छन् ।

कार्कीले बताएअनुसार उक्त विनेदन दर्ता समेत भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर