बलिउड अभिनेत्री जैकलीन फर्नाण्डिसको मुश्किल घट्ने कुनै छाँट नै देखिएको छैन । मनि लाउण्ड्रिंग केशका कारण उनी बिबादमा तानिएकी छिन् । यस मुद्धाका प्रमुख नाइके मानिएका सुकेश चन्द्र शेखरका वकीलको दाबी रहेको छ कि जैकलिन र सुकेश एक अर्कालार्य डेट गरिरहेका थिए । अनन्त मलिक यस समय सुकेशको प्रतिनिधित्व गरिरहेका छन् ।
आज मिडिया संगको कुराकानीका क्रममा उनले यो जानकारी दिएका हुन् । साथै कैयौ छक्क पार्ने खालका खुलाशा पनि भएका छन् । अनन्त मलिकले भनेका छन्– जैकलीन तथा सुकेश डेट गरिरहेका थिए । यो म भनिरहेको छु कि सिधा मेरो मुख बाटै आएको हो । जब अनन्तसंग नोरा फतेहीको बारेमा सोधिएको प्रश्नमा उनले भने कि नोरा फतेही खुद एक पीडित बताई रहेकी छिन् , तर साँचो कुरा यो हो कि उनलाई एक बीएमडब्ल्यु गाडी गिफ्ट दिइएको थियो ।
नोरा तथा जैकलिन यस केसमा दुबै एक कडी भएकोले दुबैजनाई सवाल जवाफका लागि बोलाइएको छ । शनिबार सुकेश तथा उनकी पत्नी लीना मारिया पललाई जुडिसियल कस्टडीमा दिल्ली कोर्टद्धारा पठाइएको छ । सुत्रका अनुसार सुकेश चन्द्र शेखरले धोखाधडीबाट पैसा कमाएर नोरा तथा जैकलिनलाई महंगो गिफ्ट दिएका थिए ।