बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान जेलमा रहेका छन् । अक्टोबर २ तारिख देखी आर्यन खान आफ्नो घर आउन पाएका छैनन् । कहिले एनसीबीको हिरासतमा त कहिले न्यायिक हिरासतमा उनको दिनहरु बितीरहेका छन् । आर्यनले जेलमा आफुलाई अनुकुल बनाउन सकिरहेका छैनन् । उनलाई जेलमा दिन काट्न एकदमै मुस्किल भईरहेको छ । जेलका अधिकारीका अनुसार यतिबेला जेल भित्र आर्यन खान केही किताबहरु पढेर आफ्नो दिन काटिरहेका छन् ।
आर्थर रोड जेलका अधिकारीले जनाए अनुसार आर्यन खान जेलमा किताब पढिरहेका छन् जुन किताबहरु मध्ये केही धार्मिक किताबहरु समेत रहेका छन् । आर्यन खानले जेलको लाइब्रेरी बाट २ वटा किताबहरु लिएका छन् । एक किताब गोल्डेन लायन र भगवान राम तथा सीताको कहानीमा आधारीत किताब रहेको छ । जमानतको अपिल खारेज भए पछि आर्यन खान एकदमै निराश भएका छन् ।
त्यहाँ रहेका जेलका अधिकारीहरुले आर्यन खानलाई सुझाव दिएका थिए कि लाइब्रेरीमा भएका किताबहरु पढ्न सकिन्छ । जेलको लाइब्रेरी भित्र एकदमै धेरै धार्मिक किताब तथा मोटिभेश्नल किताबहरु रहेका छन् । कैदी तथा अण्डर ट्रायललाई घरवालाले किताब ल्याएर दिन सक्नेछन् । तर उक्त किताब सिर्फ धार्मिक तथा मोटिभेश्नल हुनुपर्ने प्रावधान रहेको छ ।