नेपाली कथानक चलचित्र कबड्डी ४ को टोली अब छायांकनको तयारीमा जुटेको छ । अभिनेता दयाहाङ राई सहितको टोली यस फिल्मको छायाँकनको लागि मुस्ताङ पुगेको छ । यस फिल्मको निर्देशन रामबाबु गुरुङले गर्दैछन् । यस फिल्मको निर्माण टोली ३ गते नै मुस्ताङ पुगेका हुन् । फिल्मका अन्य कलाकारहरू पनि आज छायांकन स्थलमा पुगिसकेको निर्माण पक्षले जनाएको छ ।
टोलीले भोली देखी नै काम थाल्ने बताइएको छ । यो टोलीले मुस्ताङमा ३५ दिन बिताउनेछ । फिल्ममा सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतका कलाकारको अभिनय रहने छ ।