काठमाडौं ५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले बेमौसमी वर्षाले हाल पुर्याएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पिडित परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराउने अपेक्षा गरेका थापाले ट्वीटरमा मार्फत दुख व्यक्त गरेका हुन् ।
वातावरण संरक्षण र पर्यावरणमा देखिएको नकरात्मक प्रभाव न्यूनिकरण गर्न सशक्त कदम नचाल्ने हो भने भविष्य भयावह हुने तर्फ सबैको ध्यान जानुपर्ने समेत थापाले बताएका छन् ।
उनले भनेका छन् , ‘बेमौसमी वर्षाले हाल पुर्याएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु।पिडित परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराउने अपेक्षा गर्दछु
वातावरण संरक्षण र पर्यावरणमा देखिएको नकरात्मक प्रभाव न्यूनिकरण गर्न सशक्त कदम नचाल्ने हो भने भविष्य भयावह हुने तर्फ सबैको ध्यान जानुपर्छ’