एनसीबी संग सोधपुछ कक्षमा पस्नु अघि आफ्नो बुवा संग अंगालो मारेर रोईन् नायिका अनन्या पाण्डे , ड्रग्स लिने बारे यस्तो गरिन् खुलासा — OSNepal

एनसीबी संग सोधपुछ कक्षमा पस्नु अघि आफ्नो बुवा संग अंगालो मारेर रोईन् नायिका अनन्या पाण्डे , ड्रग्स लिने बारे यस्तो गरिन् खुलासा

LC (KTM) October 22, 2021 0

बलिउड अभिनेत्री अनन्या पाण्डे ड्रग्स केसमा एनसीबीको घेराबन्दीमा परेकी छिन् । हिजो मात्र आर्यन खान ड्रग्स केसलाई लिएर एनसीबीले अनन्या संग २ घण्टा भन्दा बढी सवाल जवाफ गरेको थियो । एनसीबीले आर्यन र अनन्या बीच च्याटमा ड्रग्सको बारेमा कुराकानी भएको दाबी प्रस्तुत गरेको थियो । यहि च्याटलाई लिएर एनसीबीले अनन्या संग सोधपुछ गरेको थियो । आर्यन र अनन्याबीचको च्याटमा एक ठाउँमा गाँजाको कुरा उल्लेख भएको थियो ।

आर्यनले अनन्या संग केही जुगाड छ भन्दै सोधेका थिए । तर अनन्याले भने म ब्यवस्था मिलाउँछु भनेकी थिईन् । आर्यनले भन्छन्– के जुगाड हुन्छ हैन ? अनन्या भन्छिन्– म एरेन्ज गर्छु । एनसीबीले यो च्याटका बिषयमा अनन्यालाई प्रश्न गर्दा अनन्याले ड्रग्सको नभएर सिगरेटको कुराकानी भएको दाबी गरेकी छिन् । यस अघि हिजो एनसीबीले सोधपुछका लागि अनन्यालाई बोलाएको थियो ।

उनी आफ्नो पिता चंकी पाण्डे संगै एनसीबीको कार्यालय पुगेकी थिईन् । इंटेरोगेशन रुममा पस्नु भन्दा अघि अनन्या एकदमै नर्मस देखिएकी थिईन् । उनी इंटेरोगेशन रुम पस्नु अघि आफ्नो पिता संग अंगालो मारेर रोएकी थिईन् । त्यसपछि उनी इंटेरोगेशन रुममा प्रबेश गरेकी थिईन् । जहाँ एनसीबीका अधिकारीहरुले बिभिन्न सवाल जवाफ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर