जनतालाई डेलिभिर दिन सकेनौ,हामीले छोडेर आएका शक्तिहरू विस्तारै-विस्तारै सलबलाउन थाल्छन् : गगन — OSNepal

जनतालाई डेलिभिर दिन सकेनौ,हामीले छोडेर आएका शक्तिहरू विस्तारै-विस्तारै सलबलाउन थाल्छन् : गगन

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकारले अबको अवसर खेल फाल्न नहुने बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १२औँ महाधिवेशनमा सहभागी भएका थापाले अवसर खेल जान दिन नहुने बताएका हुन् ।

वर्तमान सरकारलाई मिलेको अवसर गुमाउने छुट नभएको बताएका उनले सरकारले समयअनुकूल सेवा प्रदान गर्न नसके नयाँ-नयाँ राजनीतिक स्टन्ट गर्ने मानिसहरूको संख्या थपिने बताएका छन् ।

‘हामीले काम गरेर देखाउँदै जनतालाई डेलिभिर दिन सकेनौ भने हामीले छोडेर आएका शक्तिहरू विस्तारै-विस्तारै सलबलाउन थाल्छन् । त्यसैले आएको अवसर खेर फाल्नु हुँदैन’ उनले भने ।

थापाले कार्यक्रममा बहुमतको सरकार आउँदा समेत केपी शर्मा ओली सरकारले केहि गर्न नसकी तिन वर्ष खेल फालेको टिप्पणी समेत गरेका छन् । ‘बलियो सरकार चाहिन्छ तर, एउटै दलको बहुमत आउँदा पनि सर्भिस दिन सकेन’ उनले भने । थापाले भने ।

वर्तमान सरकारले जनतालाई ‘डेलिभर’ दिन नसके अर्को विकल्पको खोजी गरिने समेत उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर