ओलीलाई लक्षित गर्दै थापाले भने-सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गयो — OSNepal

ओलीलाई लक्षित गर्दै थापाले भने-सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गयो

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री समेत रहेका सांसद गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन् ।

मुलुकमा स्थायित्वका लागि प्राप्त अवसर खेर गएको बताएका उनले अध्यक्ष ओलीलाई लक्षित गर्दै २०७४ सालबाट मुलुकमा राजनीतिक र अन्य क्षेत्रमा स्थायित्वका लागि प्राप्त अवसर शासकका कारण गुमेको बताएका हुन् ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको कार्यक्रममा सहभागी भएका उनले भने, ‘लामो समयको अनुभव पछाडि संविधान ल्याएर नयाँ चरणमा प्रवेश गर्‍यौं भनेपछि फेरि नेपालले अर्को मौका पाएको फेरि २०७४ सालबाट एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गयो ।’

अध्यक्ष ओलीले आफ्नो सरकारले एकैदिन ३९६ वटा अस्पतालको शिलान्यास गरेको भन्दै विश्व रेकर्ड राखेको बताएका थिए । ओलीले भनेका थिए , ‘गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ हामीले त दाबी नगरेर मात्र हो । गिनिज बुक आधा त हामीले गरेका कामले भरिन्छ । हामी यस्तो ज्याद्रो मान्छे हौँ, दुई पटक किड्नी फेरेको प्रधानमन्त्री नेपालमा बाहेक कहीँ पाइँदैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर