खराब मौसमका कारण प्रधानमन्त्री देउवा सवार हेलिकप्टर पुन कञ्चनपुर फर्कियो — OSNepal

खराब मौसमका कारण प्रधानमन्त्री देउवा सवार हेलिकप्टर पुन कञ्चनपुर फर्कियो

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । खराब मौसमका कारण प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टर पुन कञ्चनपुर फर्किएको छ ।

आज शुक्रबार कैलालीको पश्चिम–पूर्वी भेगमा रहेका भजनी, टिकापुर र बर्दियाको राजापुर निरीक्षण गरेर काठमाडौं फर्किने कार्यतालिका रहेकोमा खराब मौसमका कारण हेलिकप्टर पुन कञ्चनपुर फर्किएको धनगढी विमानस्थल स्रोतले जनाएको छ ।

बिहिबार बाढी पहिरोबाट क्षति पुगेको स्थान सुदुरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले सुर्खेतबाट दिपायल, बझाङ, डडेल्धुरा हुँदै कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रको बाढीप्रभावित क्षेत्र अवलोकन गरेका थिए ।

देउवासहित उक्त भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेमबहादुर आलेसहितका नेताहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर