एक समुहबाट मध्यरातमा चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा तोडफोड गरी ड्युटीमा रहेका नर्सहरुमाथि हातपातको प्रयास — OSNepal

एक समुहबाट मध्यरातमा चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा तोडफोड गरी ड्युटीमा रहेका नर्सहरुमाथि हातपातको प्रयास

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरी फरार भएका छन् ।

मध्य रातमा आएका उक्त समुहले डियुटीमा खटिएको सुरक्षा गार्डलाई कुटपटि गरी आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनु साथै ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेको त्यस अस्पतालकाप्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.विश्ववन्धु बगाले जानकारी दिएका छन् ।

सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको र उनीहरुले तोडफोड गरेको समेत सिसिटिमा कैद भएको समेत उनले बताएका छन् । उक्त समुहले प्रयोग गरको मोटरसाइकल भने नियन्त्रणमा रहेको छ ।

उक्त घटनाको विषयमा भने इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको छ । दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर