आज पनि यि स्थानमा वर्षा हुने, हेर्नुहोस् आज कहाँ कहाँ पर्छ पानी ? — OSNepal

आज पनि यि स्थानमा वर्षा हुने, हेर्नुहोस् आज कहाँ कहाँ पर्छ पानी ?

LC (KTM) October 22, 2021 0

काठमाडौं, ५ कात्तिक – न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन ।

यद्यपि, स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीमाका एक÷दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर