सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ कार्यकर्ता पक्राउ — OSNepal

सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ कार्यकर्ता पक्राउ

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहिबार दिउँसो जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई जनमता कार्यकर्ताले अर्धनग्न पारी अनुहार हिलो छ्यापेर बजार पुरै घुमाएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

जनमतका कार्यकर्ताले जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको र महिनौ बितिसक्दा पनि निमार्ण नगरेको भन्दै उनीमाथि दुर्व्‍यवहार गरेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न पारेर बजार घुमाउने सहितका दुव्र्यवहार अमानवीय र अपराधिक घटना प्रति आपत्ती जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर