वाग्मती प्रदेशमा बन्ने भयो, नेकपा एस र कांग्रेसको आलोपालो सरकार — OSNepal

वाग्मती प्रदेशमा बन्ने भयो, नेकपा एस र कांग्रेसको आलोपालो सरकार

LC (KTM) October 21, 2021 0

काठमाडौँ ४ काीत्तक । वाग्मती प्रदेश सरकारमा सत्ता गठवन्धनमा रहेका नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ ।बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा वाग्मती प्रदेशमा आलोपालो गर्ने सहमति भएको हो ।

सहमति अनुसार पहिलो ६ महिना एकीकृत समाजवादीका वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे गठबन्धनका तर्फबाट प्रदेशको मुख्यमन्त्री बन्नेछन् । त्यसपछिको बाँकी कार्यकालमा कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ प्रदेशको मुख्यमन्त्री बन्ने बताइएको छ ।

हाल १०९ सांसद रहेको वाग्मती प्रदेशमा गठबन्धनले बहुमत रहेको छ । जसमा माओवादी केन्द्र २३, कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादीका १ गरी ५९ सांसद छन् ।

आज बसेको प्रदेश सभाको बैठकमा वर्तमान मुख्यमन्त्री शष्टलक्ष्मी शाक्यले विश्वासको मत पेश गरेपछि बेठ स्थगित भएको छ । शाक्य यस अघिने अल्पमतमा परीसकेकी छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर