बाढी पहिरोपरि ज्यान गुमाउनेको संख्या सय नाघ्यो सबैभन्दा धेरै प्रदेश १ मा — OSNepal

बाढी पहिरोपरि ज्यान गुमाउनेको संख्या सय नाघ्यो सबैभन्दा धेरै प्रदेश १ मा

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । लगातार चार दिन सम्म परेको पानीका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १ सय १ पुगेको छ । साथै ४१ जना वेपत्ता भएका छन् भने, ४० जना घाइते भएका छन् ।

बाढी पहिरोमा ज्यान गुसमाउनेमा सबैभन्दा धेरै १ नम्बर प्रदेशमा ६० जना रहेका छन् । अन्यमा भने सुदूरपश्चिम प्रदेशमा ३१ जना,बागमती प्रदेशमा १ जना र कर्णाली प्रदेशमा ७ जना ज्यान गएको गृहमन्त्रालयले जनाएको छ ।

त्यसैगरी गरी वेपत्ता हुनेमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा २३ जना रहेका छन् । भने अन्यमा प्रदेश १ मा १३ जना प्रदशे २ मा १ जना लुम्बिनी प्रदेशमा ३ जना र , कर्णाली प्रदेशमा १ जना गरी ४१ जना वेपत्ता भएका छन् ।

घाइते मा हुनेमा प्रदशे १ मा १९ जना रहेका छन् । भने अन्यमा सुदूरपश्चिम प्रदेशमा १७ जना र कर्णाली प्रदेशमा ४ जना रहेका छन् ।

बाढीको कारण देशभर २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । जसमा १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् । यसैगरी, १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर