सशस्त्र प्रहरी र भारतीय व्यापारीबिच दोहोरो झडप — OSNepal

सशस्त्र प्रहरी र भारतीय व्यापारीबिच दोहोरो झडप

LC (KTM) May 24, 2021 0

महोत्तरी १० जेठ । सशस्त्र प्रहरी र भारतीय व्यापारीबिच झडप हुँदा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा दुई समुहबिच झडप भएको हो ।

बोर्डर आउट पोष्ट ९बिओपी० मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमले दिएको जानकारी अनुसार गएराति ५० ६० जनाको समुहले बोर्डरमा खटिएका प्रहरीमाथि ढुंगा प्रहार गर्दा एक जना प्रहरीको टाउको फुटेको छ । उक्त समुहले कोरोना परिक्षणको लागि बनाइएको सहायता कक्ष पनि भत्काएको प्रहरीले जनाएको छ ।

यता, भारतिय व्यापारीले भने सामान सीमा कटाएको बापत पैसा मागेको र आफुहरुले नदिएपछि प्रहरीबाट कुटपिट भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर