काठमाडौं ४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का उपाध्यक्ष डा। भीम बहादुर रावलले पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११तारे विगुल भएको बताएका छन् ।
नेता रावलले ‘१० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकताको विगुल भएको स्पष्ट पारेका हुन् । उनले समाजिक सञ्जाल यस्तो जनाएका हुन् । हिजो अध्यक्ष केपी ओलीले १० बुँदे सहमतिको अब रटान लगाएर केहि नुहने भनेका थिए ।
त्यही प्रसंगलाई लिएर नेता रावलले १० बुँदे सहमतिको विगुलको धुन संस्थागत भइसकेकोले सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक भएको बताएका छन् ।
उनलेका लेखेका छन्, “१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ।सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ।”