बंगालको खाडीमा शक्तिशाली चक्रवात आउँदै, नेपालमा समेत असर पर्ने भएकाले सर्तक रहन आग्रह — OSNepal

बंगालको खाडीमा शक्तिशाली चक्रवात आउँदै, नेपालमा समेत असर पर्ने भएकाले सर्तक रहन आग्रह

LC (KTM) May 24, 2021 0

काठमाडौं-बंगालको खाडीमा शक्तिशाली चक्रवात आउने भएको छ । उक्त चक्रवातको असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

मंगलबार अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात–वर्षा को सम्भावना रहेको छ।

तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबार देखि केही दिनसम्मका लागी पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ । देशका धेरै स्थानहरुमा बुधबारबाट केहि दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर