माओवादीले पूर्णता दियो ३२ विभागलाई, को-को तोकिए विभागिय प्रमुख ? — OSNepal

माओवादीले पूर्णता दियो ३२ विभागलाई, को-को तोकिए विभागिय प्रमुख ?

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले बैठकले विभागलाई पूर्णता दिने निर्णय गर्दै पार्टीका ३३ विभागमध्ये ३२ वटालाई पूर्णता दिएको छ ।

आज बिहीबार बसेको स्थायी कमिटी बैठकले विपत व्यवस्थापन विभागबाहेक अन्यलाई पूर्णता दिँदै एउटा नीति अध्ययन प्रतिष्ठान समेत गठन गरेको छ । बैठकले देशैभर सदस्य संख्या ५ देखि ६ लाख पुर्याउने योजना बनाएको छ ।

प्रवक्ता महराले दिएको जानकारी अनुसार डिलाराम आचार्यको संयोजकमा १७५ सदस्यीय सम्पर्क समिति गठन गरिएको छ ।

अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुन रहेका छन् । त्यसैगरी ,विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाशन विभाग प्रमुख कृष्णबहादुर महरा रहेका छन् ।

यी हुन माओवादी बनाएका विभाग र प्रमुखहरु
१) अर्थ तथा योजना विभाग – वर्षमान पुन

२) संगठन विभाग – जनार्दन शर्मा

३) विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ

४) प्रचार तथा प्रकाश विभाग – कृष्णबहादुर महरा

५) विपद व्यवस्थापन विभाग- सूर्य सुवेदी (निर्णय हुन बाँकी)

६) उद्योग मामिला विभाग – वामदेव क्षेत्री

७) कृषि तथा भूमिसुधार विभाग -हरिबोल गजुरेल

८) उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव

९) कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय

१०) खानेपानी विभाग – विना मगर

११) जलस्रोत तथा ऊर्जा – लिलामणी पोखरेल

१२) निर्वाचन विभाग -खिमलाल देवकोटा

१३) कानून विभाग – मुक्ति प्रधान

१४) पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी

१५) प्रादेशिक मामिला विभाग -पर्शुराम तामाङ

१६) पार्टी स्कूल विभाग – गिरिराजमणी पोखरेल

१७) पुस्तकालय तथ अभिलेख – नारायणप्रसाद शर्मा

१८) भौतिक पूर्वाधार विभाग – हरि अधिकारी

१९) युवा तथा खेलकुद विभाग -गणेशमान पुन

२०) राजकीय मामिला विभाग -रेखा शर्मा

२१) राष्ट्रिय सुरक्षा विभाग -कृष्णबहादुर महरा

२२) वन तथा वातावरण- शक्ति बस्नेत

२३) विज्ञान तथा प्रविधि विभाग – गणेश साह

२४) शिक्षा तथा मानवस्रोत विभाग- मायाप्रसाद शर्मा

२५) श्रम तथा रोजगार विभाग- रामेश्वर राय यादव

२६) संघीय संसदीय विभाग- देव गुरुङ

२७) समाज कल्याण विभाग – सत्या पहाडी

२८) सहकारी तथा गरिवी विभाग – धर्मदत्त देवकोटा

२९) शहरी विकास विभाग- देवेन्द्र पौडेल

३०) सामान्य प्रशासन विभाग- टेकबहादुर बस्नेत

३१) साहित्य तथा कला विभाग – गोपाल ठाकुर

३२) स्थानीय तह विभाग -उर्मिला अर्याल

३३) स्वास्थ्य तथा जनसंख्या विभाग- कल्पना धमला

नीति अध्ययन प्रतिष्ठान- रामचन्द्र झा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर