पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो भएकाले म सभापतिको लागि उम्मेदवारी दिन्छु — OSNepal

पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो भएकाले म सभापतिको लागि उम्मेदवारी दिन्छु

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

पटक पटक उम्मेदवारी दिने भन्दै आएका नेता सिंहले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै फेरि पनि आफु सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

आज बिहिबार धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा नेता सिंहले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होइन । मेरो आफ्नै छुट्टै संघर्ष छ । यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको समाना गरेको छु ।’ कार्यक्रममा उनले भने ।

सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले पार्टीको महाधिवेशन समेत गर्न नसक्नेले के देश चलाउन सक्छन् भन्दै जनताले भन्न थालेका समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर