हिमपातका कारण हुम्लामा फेसेका चार विदेशी नागरिकको हेलिकोप्टरमार्फत उद्धार — OSNepal

हिमपातका कारण हुम्लामा फेसेका चार विदेशी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । हिमपातका कारण फसेका चार विदेशीको आज बिहिबार हेलिकोप्टरमार्फत उद्धार गरिएको गरिएको छ ।

हुम्मा जिल्लाको नाम्खा गाउँपालिका–६, लिमीकोे तुम्लिङमा आइतबारदेखि परेको हिमँपातका कारण फसेका स्लोभेनियाका चार नागरिकलाई ट्रेकिङ एजेन्सीको सहयोगमा हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

तीन फिटसम्म हिउँ परेपछि चार विदेशी ,तीन टुरिस्ट गाइड र पाँचजना स्थानीय सो स्थानमा फसेका हुन् । अन्य आठ जनाको पनि उद्धार भइरहेको बताइएको छ ।

ट्रेकिङ कम्पनीमार्फत आएका उनीहरुले नै हेलिकोप्टरको रुपैयाँ तिरेका छन् । ट्रेकिङ कम्पनीसँग प्रशासनले समन्वय गरेर उनीहरूकै हेलिकोप्टर पठाइएको उद्धारको लागि पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर