७० वर्षीया महिलाले दिइन् पहिलो सन्तानलाई जन्म, परिवारमा रहेन् खुशीको सीमा — OSNepal

७० वर्षीया महिलाले दिइन् पहिलो सन्तानलाई जन्म, परिवारमा रहेन् खुशीको सीमा

LC (KTM) October 21, 2021 0

एजेन्सी-सुन्दा अचम्म लाग्ला तर एक महिलाले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छन् । । पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएको भारतिय मिडियाले जनाएका छन् ।

वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएपछि खुशीले फुरुगं भएका छन् । अहिले आमा र बच्चा दुबै स्वास्थ अबस्था सामान्य रहेको बताइएको छ ।

इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उनको सुत्केरी गराइएको हर्ष आइभीएफ सेन्टरका डा। नरेश भानुशालीले बताएका छन् । करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् । बुढो उमेरमा पहिलो बच्चा जन्माउने वाल्जीभाइ संसारको पहिलो महिला हुनसक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर