केही दिन देखीको अविरल वर्षा रोकिए सँगै काठमाडौंमा बिहानै घाम लाग्यो, आज कहाँ-कहाँ पर्छ पानी ? — OSNepal

केही दिन देखीको अविरल वर्षा रोकिए सँगै काठमाडौंमा बिहानै घाम लाग्यो, आज कहाँ-कहाँ पर्छ पानी ?

LC (KTM) October 21, 2021 0

काठमाडौं, ४ कात्तिक-पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ ।

बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । बिहीबार बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ ।

दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ । शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर