पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वी नाका आँबुखैरेनीमा बा ३४ प ७४३६ नम्बरको मोटरसाइकल र ग २१ प २०८५ नम्बरको स्कुटर ठोकिदाँ अनियन्त्रित भई माइक्रो बससँग ठोकिन पुगेको मोटरसाइकल । तस्बिरः सानेबहादुर नेपाली
महानिर्देशकमा पौडेल- विगतमा शिक्षा विभागबाट चिनिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको रिक्त महानिर्देशकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव चूडामणि पौडेललाई तोकिएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले आज मन्त्रिस्तरीय निर्णयबाट महानिर्देशकमा पौडेललाई नियुक्त गर्नुभएको हो । विद्यालय शिक्षा तथा अनौपचारिक शिक्षाका सङ्घीयस्तरका कार्यक्रमको कार्यान्वयन गर्ने निकायका रूपमा महानिर्देशक रहेको छ । केन्द्रका महानिर्देशक वैकुण्ठ आर्याल गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो ।