प्रधानमन्त्री देउवामाथि एमसीसीलाई लिएर नेता रावलको आक्रोश — OSNepal

प्रधानमन्त्री देउवामाथि एमसीसीलाई लिएर नेता रावलको आक्रोश

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कार्तिक । नेकपा (एमाले)का उपाध्यक्ष डा. भीम बहादुर रावलले नेपालको स्वाधीनता विरोधी एमसीसी सम्झौताको विरोध गर्नेहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘बखेडा झिक्ने केही तत्व’ भन्नु महाकाली सन्धि गरी राष्ट्रियताको ‘तत्व’ नष्ट गर्ने दिमागकै उपज भएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता रावलले राष्ट्रघाती प्रावधान नहटाई सम्झौता अनुमोदन गर्न एमसीसीसंग प्रश्न उत्तरको नाटक गर्नेहरू विदेशभक्तिका वाहक मात्र भएको ठोकुवा गरेका छन् ।

उनले लेखेका छन्-‘नेपालको स्वाधीनता विरोधी एमसीसी सम्झौताको विरोध गर्नेहरूलाई प्रमं देउवाले ‘बखेडा झिक्ने केही तत्व’ भन्नु महाकाली सन्धि गरी राष्ट्रियताको ‘तत्व’ नष्ट गर्ने दिमागकै उपज हो।राष्ट्रघाती प्रावधान नहटाई सम्झौता अनुमोदन गर्न एमसीसीसंग प्रश्न उत्तरको नाटक गर्नेहरू विदेशभक्तिका वाहक हुन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर