बाढी पहिरो अपडेट : ७७ जनाको मृत्यु , २७ जना वेपत्ता — OSNepal

बाढी पहिरो अपडेट : ७७ जनाको मृत्यु , २७ जना वेपत्ता

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । चार दिन देखि लगातार परेको वर्षाले गर्दा आएको बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७७ पुगेको पुगेको छ ।

विपद् व्यवस्थापन महाशाखाकाल दिएको पछिल्लो जानकारी अनुसार मंगलबार रातिदेखि बुधबार साझँ ५ बजेसम्ममा ७७ जनाको ज्यान गएको हो ।

व्यवस्थापन महाशाखाले दिएको जनाकारी अनुसार घटनामा २७ जना वेपत्ता भएका छन् । भने २२ जना घाइते भएका छन् ।

साथै आजको बसेको मन्त्रिपरिषद्को बैठकले घाइतेको निशुल्क उपचार , घर भत्केकाहरुलाई ५ लाख सहयोग दिने तथा मृत्यु भएका परिवारलाई २ लाख दिने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर