बाढी पहिरोबाट आफन्त गुमाएका परिवारलाई कम्तीमा दुई लाख दिने सरकारको निणर्य — OSNepal

बाढी पहिरोबाट आफन्त गुमाएका परिवारलाई कम्तीमा दुई लाख दिने सरकारको निणर्य

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । बाढी पहिरोबाट आफन्त गुमाएका परिवारलाई सरकारले जनही २ लाख रुपैयाँ सम्म दिने भएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आफन्त गुमाएका परिवारलाई कम्तीमा २ लाख रुपैंया दिने निणर्य गरेको हो ।

कै परिवारमा धेरै सदस्यको मृत्यु भएपनि मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने आजको बैठकले निणर्य गरेको छ ।

विपतमा परि घाइते भएकाहरुलाई भने निशुल्क उपचार गर्ने समेत निणर्य गरेको छ । विपद् व्यवस्थापनको लागि राज्यको सबै संयन्त्र परिचालन गर्ने समेत बैठकले निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर