बाढी पहिरोबाट घर भत्केकाहरुलाई घर निर्माणका लागि ५ लाख सरकारले उपलब्ध गराउने — OSNepal

बाढी पहिरोबाट घर भत्केकाहरुलाई घर निर्माणका लागि ५ लाख सरकारले उपलब्ध गराउने

LC (KTM) October 20, 2021 0

काठमाडौँ ३ कात्तिक । आज बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोबाट घर भत्केकाहरुलाई घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग गर्ने निणर्य गरेको छ ।

आज बुधबार मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बेैठकले यस्तो निणयए गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणले दिएको जानकारी अनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने भएको छ ।

यदि पहिरोबाट घर निमार्ण गर्ने जग्गाको समस्या भए त्यसको लागि थप तिन लाख सरकारले उपलब्ध समेत गराउने बैठकमा निणर्य भएको छ ।

विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर