काठमाडौं ३ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगातार रुपमा चार दिनदेखि परेको पानीका कारण आएको बाढी पहिरोले गर्दा किसानलाई पुर्याएको क्षतिको राहात दिन सरकारसँग आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ती जारी गर्दै सरकारसँग आग्रह गरेका हुन् । धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको अध्यक्ष प्रचण्डले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ , बाढी–पहिरोमा फसेकाहरूको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु’ ।