मुम्बई क्रुज ड्रग्स केसमा फसेका आर्यन खानो जमानतको याचिका कोर्टले खारेज गरिदिएको छ । कोर्टले ड्रग्स केसमा आफ्नो फैसला सुनाउँदै शाहरुख खानका छोरा आर्यन खानको जमानतको याचिका खारेज गरिदिएको हो । जज वीवी पाटिलले आर्यन खान सहित अन्य २ जना आरोपी अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानतको याचिका खारेज गरिदिएको हो ।
मुम्बई क्रुज ड्रग्स केसमा फसेका आर्यनको बेलको अपिल केही दिन देखी टर्दै आईरहेको छ । १४ अक्टोबरमा सेशंस कोर्टमा जजले वकीलको दलील सुनेर फैसला सुरक्षित राखेको थियो । आज आर्यनको प्रतिक्षा सकिने अनुमान गरिएको थियो । एनडीपीएसको बिशेष अदालतले बुधबार अर्थात आज शाहरुख खानका छोरा आर्यन खानको जमानत अपिलमा आज फैसला सुनाए संगै आर्यन फेरी जेलमै बस्नेछन् ।
आर्यन यति बेला मुम्बईको आर्थर रोड जेलमा रहेका छन् । १४ अक्टोबरको सुनवाइए पछि न्यायाधिश बीबी पाटीलले जमानत अपिल माथि आफ्नो फैसला सुरक्षित राखेका थिए । आर्यन खानको केस हेरिरहेका जुनियर वकील स्पेशल एनडीपीएस कोर्ट पुगेका थिए । सिनियर वकील अमित देसाई आर्यन खानको केस लडिरहेका छन् । एनसीबी तथा आर्यनका वकील बीच आ–आफ्नो दलील पेश भएका छन् ।