अविरल वर्षाका कारण लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबानमा — OSNepal

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबानमा

LC (KTM) October 20, 2021 0

बुटवल ३ कात्तिक । लगातार चार दिनदेखि परेको अविरल वर्षाले आएको बाढीले लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबेको छ ।

प्रदेश कृषि विकास निर्देशनालयले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा काटेर खेतमा नै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ ।

३ लाख १७ हजार ४ सय १४ हेक्टर भएको यस प्रदेशमा ५५ हजार ५४ हेक्टर क्षेत्रफको धान भने किसानले भित्र्याएका छन् । भने ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान काट्न बाँकी नै रहेको निर्देशनालयले जनाएको छ ।

१२ जिल्ला मध्ये सबैभन्दा धेरै बर्दियामा १० हजार हेक्टर जमिनको धानमा क्षति पुगेको जनाइएको छ । त्यसैगरी, काटेर खेतमा नै राखिएको कपिलवस्तुमा ८ हजार ८ हेक्टर क्षेत्रफलको धान,दाङमा ३ हजार ४ सय हेक्टर जमिनको धान,रुपन्देहीमा ३ हजार ४ सय ६८ हेक्टर जमिनको धान, प्यूठानमा ३ हजार ७ हेक्टर जमिनको धान,नवलपरासीमा ४ सय १० हेक्टर जमिनको धान, रुकुम पूर्वमा ४ सय १२ हेक्टर खेतको धानमा क्षति भएको छ ।

यसैगरी, धान काटेर खेतमा नै राखेको गुल्मीमा ८ हेक्टर खेतको धान ,पाल्पामा २ सय ७० हेक्टर जमिनको धान, रोल्पामा २५ हेक्टर खेतको धानमा क्षति पुर्याएको निर्देशनालयले जनाएको छ । धान पुर्ण रुपमा पानी डुबाएको कति क्षति भयो भनेर यकिान भने नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर