पाल्पा, ३ कात्तिक -पाल्पा सदरमुकाम तानसेन बजारमा झारफुक गर्ने बहानामा महिलालाई जबर्जस्ती करणी गर्ने एक पुरुष पक्राउ परेका छन् ।तानसेन नगरपालिका-३, भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका-१० खैरेनीका ३२ वर्षीय केदार रनपाललाई प्रहरीले पक्राउ गरेको हो ।
रनपालले सोमबार राति साढे १० बजे ३० वर्षकी महिलाको कोठामा गएर झारफुक गर्ने बहानामा जबर्जस्ती करणी गरेका थिए । पीडित महिलाले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
रनपाललाई मंगलबार बिहान २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । आरोपितलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।