बिग बोसको निर्माण पक्षले सोच बिचार गरेर मात्रै यस शो मा प्रतिष्पर्धीहरुलाई ल्याउने गरेको छ । यसपटक बिग बोस १५ का प्रतिष्पर्धीहरु सबै एक से एक तथा पपुलर रहेका छन् । त्यसैले पनि यस पटक एकदमै टक्करको अवस्था रहेको छ प्रतिष्पर्धीहरु बीच । आज हामी यहि शो मा सहभागि भएका केही पढे लेखेका प्रतिष्पर्धीहरुको बारेमा जानकारी दिदैछौ । उनीहरु रियल लाईफमा कतिको क्वालिफाइड रहेका छन् त्यसका बारेमा बताउने छौ ।
शमिता शेट्टी : शमितालाई ब्युटी विथ द ब्रेन भनेर पनि चिनिन्छ । उनले यस शो मा एकदमै सुजबुझका साथ प्रस्तुती दिईरहेकी छिन् । उनको शैक्षिक योग्यता एकदमै राम्रो रहेको छ । उनले कमर्समा ग्राजुएशन गरेकी छिन् । त्यस्तै फेशन डिजाइनमा पनि उनले डिप्लोमा गरेकी छिन् । बिग बोस ओटीटीकी उनी सेकेण्ड रनरअप समेत रहेकी छिन् ।
उमर रियाज : उमरको जन्म जम्मुमा भएको थियो । उनले आफ्नो स्कुलिंग पछि जम्मुकै सरकारी मेडिकल कलेजमा एमबिबिएस पढेका हुन् । उनले मुम्बइको सर एच एन रियलायन्स फाउण्डेशन हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिनियर डाक्टरको रुपमा काम गरेका थिए । उमर पेशामा एक डाक्टर हुन् । तर अभिनय र मोडलिंग उनको प्यासन रहेको छ । त्यसपछि उनी बिस्तारै मनोरञ्जनको क्षेत्रमा आएका हुन् ।
तेजस्वी प्रकाश : बिग बोस १५ कि सबैभन्दा रमाईली प्रतिष्पर्धी तेजस्वी प्रकाश हुन् । उनी एक क्वालिफाइड इन्जिनियर समेत रहेकी छिन् । उनले मुम्बई युनिभर्सिटी बाट ईलेक्ट्रोनिक्स तथा टेलिकम्युनिकेशन ईन्जिनियरिंगमा डिग्री गरेकी छिन् । तर पनि उनी सधै एक अभिनेत्री बन्न चाहान्थिन् । यहि कारण तेजस्वीले अभिनेत्रीको रुपमा १८ बर्षको उमेर बाट आफ्नो करियर स्टार्ट गरेकी थिईन् ।
प्रतीक सहजपाल : प्रतीक सहजपाल बिग बोस १५ मा पहिलो दिन देखी नै धमाल मच्चाई रहेका छन् । प्रतीकले बिबीको ओटीटीमा पनि सबैभन्दा पपुलर प्रतिष्पर्धी बनेर प्रस्तुत भएका थिए । यसको अलावा उनले कैयौ रियालिटी शो मा समेत आफुलाई अब्बल रुपमा उभ्याईसकेका छन् । उनै प्रतीकले भने कानुनमा ग्राजुएशन गरेका छन् । उनले एल एलबी डिग्री सम्मको अध्ययन गरेका छन् ।
करण कुन्द्रा : बिग बोस १५ का सबैभन्दा पपुलर प्रतिष्पर्धी करण कुन्द्रा हुन् । करणले पनि निक्कै पढेका छन् । उनले एमबीए सम्मको अध्ययन गरेका छन् । हालै करणले मनोरञ्जन उद्योगमा सामेल भएर एक कलाकारको रुपमा आफुलाई उभ्याएका छन् । करणले सन् २००९ मा टेलिभिजनको शो कितनी मोहब्बत है बाट डेब्यु मारेका थिए ।