पाढी पहिरोबाट विपदमा परेकाको उद्धार गर्न निजी हेलिकोप्टर प्रयोग गर्ने सहमति — OSNepal

पाढी पहिरोबाट विपदमा परेकाको उद्धार गर्न निजी हेलिकोप्टर प्रयोग गर्ने सहमति

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । देशभर तिन देखि आएको वर्षाले ठुलो धन जनको क्षति पुर्याएको छ । यस विपतमा परि घाइते , वेपत्ता भएकाहरुको खोजी कार्य गर्नको लागि अब निजि कम्पनीका हेलिकोप्टर पनि प्रयोग गरिने भएको । आज बिहान गृहमन्त्री बालकृष्ण खाँडको नेतृत्वमा बसेको बैठकमा यस्तो निणर्य भएको हो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायु सेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृहमन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको सहभागिता रहेको थियो ।

वर्षाका कारण विपदमा परेकाहरुको खोजी कार्य गर्न कठिनाइ भएको विषयमा छलफल भएको थियो । बैठकमा निजी वायु सेवा कम्पनी एसोसिएसनका कार्यकारी निर्देशक वर्माले विपतमा सहयोग गर्नु आफ्नो पनि दायित्व भएको भन्दै हाल निजी निजी वायु सेवा कम्पनीसँग ३५ हेलिकोप्टर भएको समेत उनले जानकारी गराएका छन् ।

निजी हेलिकोप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिने समेत बैठकमा छलफल भएको छ । निजी हेलिकोप्टर कहाँ छन् भन्ने लोकेसन एसोसिएसनले गृहमन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकताअनुसार खटाउने सहमति समेत बैठकमा सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर