तिन देखि परेको अविरल वर्षाका कारण पिडित किसानलाई राहात दिने सरकारको घोषणा — OSNepal

तिन देखि परेको अविरल वर्षाका कारण पिडित किसानलाई राहात दिने सरकारको घोषणा

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कार्तिक । सरकारले बाढी पहिरोबाट भएको डुबानबाट क्षेत्रका किसानलाई राहत दिने घोषणा गरेको छ ।

तीन देखि आएको निरन्तर वर्षाले भानवाली डुबान भएपछि बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले राहत दिने घोषणा गरेका हुन् ।

जिल्लाको राजापुर र गेरुवा क्षेत्र डुबानमा परेको छ । डुबानमा परि क्षति भएका परिवार र धान बाली नष्ट भएका किसानको यकिन तथ्यांक लिएर तत्काल राहत दिइने बताएका शर्माले तथ्यांक संकलनको कार्य भइरहेको समेत जनाएका छन् ।

सयौँ विगामा लगाइएको घान बाली लगातारको पानीले नष्ट गरिरिएको छ । तथ्यांक प्राप्त भएपछि सरकारले राहत घोषणा गर्छ शर्माले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर