झापा, ३ कात्तिक-झापाको गौरीगञ्जस्थित गौरीगञ्ज होक्लाबारी क्षेत्रलाई कन्काई माइ नदीको बाढीले घेरेपछि सम्पर्क बिच्छेद बनेको छ । कन्काइ माइ नदीको बिचमा रहेको होक्लाबारीलाई चारैतिरवाट नदीले घेरेपछि होक्लाबारी सम्पर्क बिच्छेद भएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवण तिमल्सिनाका अनुसार नदीले घेरिएको होक्लाबारीमा उद्धारका लागि रातिदेखि गरिएको प्रयास सफल हुन सकेको छैन् । पानी पर्न कम भएपछि तत्कालै उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्ने उनको भनाई छ । होक्लाबारी जान प्रयोग भईरहेको स्थानीयका डुुंगा हिजो राती नै बाढीले वगाएकोले प्रभावित व्यक्ति रातभरी चर्चमा बसेका थिए ।