काठमाडौँ २ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६ हजार ५१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार १ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १ ३९ गरी १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४ जना संक्रमणमुक्त भएका छन् । साथै १२ जनाको भने ज्यान गएको छ । संक्रमित मध्ये काठमाडौंमा २४३, ललितपुरमा ८७ र भक्तपुरमा २४ जना सक्रमण पुष्टि भएको छ ।
कोरोनाका बिरामीमध्ये २६७ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।