कर्णाली नदीको बाध फुट्यो, खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने — OSNepal

कर्णाली नदीको बाध फुट्यो, खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने

LC (KTM) October 19, 2021 0

कैलाली- कर्णाली नदीको बाध फुटेपछि जानकी गाउँपालिका उच्च जोखिममा परेको छ । रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि जानकी गाउँपालिका जोखिममा परेको हो । बाध फुटेपछि हाइ अलर्ट रहन जानकारी गराइएको बताइएको छ ।

अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको बताइएको छ । अहिले पानीको सतह १२।५ मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०।८० पुगे खतराको तह हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर